Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

  • काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेल भारतले ४६ रनले जितेको हो ।

    onlinepatrika
    Arghakhachi

    भारतले दिएको २७२ रनको विशाल लक्ष्य पछाएको न्यूजील्याण्डले १९.४ ओभरमा अल आउट हुदै २२५ रन मात्र बनाएको थियो ।

    AGNI GROUP

    न्यूजील्याण्डका लागि फिन एलेनले ३८ बलमा ८० रन बनाए भने इश सोढ़ीले ३३, रचिन रविन्द्रले ३० तथा डार्यल मिचेलले २६ रन बनाएका थिए । त्यसैगरी भारतका बलर अर्शदीप सिंहले ५ विकेट लिए भने अक्सर पटेलले ३ विकेट लिए । त्यस्तै रिंकु सिंह र वरुण चक्रवर्तीले एक एक विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउदै २७१ रन बनाएको थियो । भारतका लागि इशान किशनले ४३ बलमा १०३ रन बनाएका थिए भने कप्तान सूर्यकुमार यादवले ३० बलमा ६३ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले १४ बलमा ४२ रन बनाए भने अभिषेक शर्माले ३० रन बनाएका थिए ।

    यो जितसँगै भारतले ५ खेलको सिरिज ४-१ ले जितेको छ । भारतले शुरुका तीन खेल लगातार जितेको थियो भने चौथो खेल न्यूजील्याण्डले जितेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij