Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको सिक्री चोरेको आरोपमा युवक पक्राउ

सुनको सिक्री चोरेको आरोपमा युवक पक्राउ

  • काठमाडौं । अछामको साँफेबगर नगरपालिका ४ छिपेखोलामा सुनको सिक्री चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ बस्ने ३१ वर्षीय उमेश राय छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह सहभागी कार्यक्रम हेर्न गएकी साँफेबगर नगरपालिका–५ नौंठाना बस्ने ४० वर्षीया सत्यदेवी कुँवरले घाँटीमा लगाएको १२ दशमलव १७ ग्राम तौलको सुनको सिक्री चोरेको आरोप उनीमाथि छ ।

    AGNI GROUP

    सिक्री हराएको सूचनापछि इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले रायलाई नियन्त्रणमा लिएको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij