Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्जीवन बीमा व्यवसाय १३ प्रतिशतले बढ्यो

निर्जीवन बीमा व्यवसाय १३ प्रतिशतले बढ्यो

  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले कुल व्यवसाय गत वर्षको सोही अवधिको तुलनामा १३.३७ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेका थिए । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पुस मसान्तसम्म निर्जीवन बीमाहरूमध्ये शिखर इन्स्योरेन्स सबैभन्दा बढी व्यवसाय आर्जन गर्ने कम्पनी बनेको छ । कम्पनीले २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७.१९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस अवधिमा शिखरको व्यवसाय २ अर्ब ५९ करोड २ लाख रुपैयाँ थियो ।

    AGNI GROUP

    त्यस्तै दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ६१ करोड, तेस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ४९ करोड, चौथोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १९ करोड र पाँचौंमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६ करोडको व्यवसाय गरेका छन् । व्यवसाय वृद्धिदरका हिसाबले हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स अगाडि देखिएका छन् । एनएलजीको व्यवसाय ३३.५५ प्रतिशतले बढेर १ अर्ब ८७ करोड पुगेको छ ।

    यसैगरी, नेको इन्स्योरेन्सको व्यवसाय ८.२७ प्रतिशतले बढेर १ अर्ब ८० करोड, युनाइटेड अजोड इन्स्योरेन्सको २७.२९ प्रतिशतले बढेर १ अर्ब ५३ करोड, ओरियन्टल इन्स्योरेन्सको ११ प्रतिशतले बढेर १ अर्ब ५० करोड र सानिमाको १९.७१ प्रतिशतले बढेर १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड, प्रभु इन्स्योरेन्सले ९३ करोड ७२ लाख र नेशनल इन्स्योरेन्स ले ६९ करोड ९३ लाख बीमाशुल्क संकलन गरेका छन् ।

    बीमा लेख संख्याका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स आगाडि छ । कम्पनीले २ लाख ७ हजार ५३० वटा बीमा लेख जारी गरेको छ । यसपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख ६० हजार ९३१, शिखर इन्स्योरेन्सले १ लाख ५७ हजार ६०९, नेको इन्स्योरेन्सले १ लाख ४५ हजार ८८५ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ लाख ३७ हजार ९६६ वटा बीमा लेख जारी गरेका छन् ।

    हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी मध्ये ठूला कम्पनीहरूले २३ अर्ब ६७ करोड रुपैयाँ संकलन गर्दा लघु निर्जीवन बीमा कम्पनीहरूले ६२ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । ठूला कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा पोलिसी जारी गर्दा लघु कम्पनीहरूले २ लाख ३० हजार ४९३ वटा पोलिसी बिक्री गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij