Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेता होइन, बेटा बन्न आएको हुँ: गगन थापा

नेता होइन, बेटा बन्न आएको हुँ: गगन थापा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताएका छन्। यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ मा उम्मेदवार बनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आजबाट चुनावी अभियान सुरु गरेका थापाले एक कार्यक्रममा भने, ‘म यहाँ नेता होइन, बेटा बन्न आएको हुँ ।’

    AGNI GROUP

    सर्लाही आइपुगेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्ता सँग भेटघाट गर्दै आफ्नो राजनीतिक यात्रा सेवा र संवादमै केन्द्रित रहने बताए। धनकौल गाउँपालिका–२ मा आयोजित कोणसभामा उनले आफू फोटो खिचाउन वा हात हल्लाउन मात्रै नभई जनताको सेवक बनेर काम गर्न आएको बताए ।

    मधेसलाई आत्मसात नगरी पूर्ण नेपाली बन्न नसकिने धारणा राख्दै थापाले दिवंगत नेता प्रदीप गिरिको संगतबाट मधेस बुझ्ने अवसर पाएको बताए ।

    कार्यक्रममा बोल्दै उनले मधेसका विद्यालयहरूमा गणित, विज्ञान र अंग्रेजी विषय कमजोर रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे। शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिमा आधारित र प्रतिस्पर्धी शिक्षा प्रणाली विकास गरिने उनले बताए। युवाहरू रोजगारीका लागि बाध्य भएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्नु आफ्नो मुख्य लक्ष्य रहेको थापाको भनाइ थियो।

    थापाले सर्लाही–४ का जनताले सानो–सानो कामका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न क्षेत्रमै स्थायी सम्पर्क कार्यालय स्थापना गरिने घोषणा पनि गरे। सांसद भनेको शासक होइन, सेवक हो भन्ने मान्यतामा आफू दृढ रहेको बताउँदै जनताको गुनासो सुन्ने र समस्या समाधान गर्ने व्यवस्थित संयन्त्र बनाइने उनले बताए।

    पार्टी कार्यकर्ता तथा स्थानीयसँगको भेटमा थापाले आफू नेता भएर होइन, सर्लाहीको बेटा बन्न आएको भावनात्मक अभिव्यक्ति दिए। मधेस आन्दोलनका शहीदहरूको सम्मान र युवाहरूको भविष्य निर्माणलाई आफ्नो राजनीतिक अभियानको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सर्लाही–४ बाटै परिवर्तनको थालनी हुने विश्वास समेत व्यक्त गरे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij