Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ३० वर्षीया श्रीमती हिरा दाहालको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–१३ राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका–८ घर भएका सतिङ दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij