Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कांग्रेस सभापति गगन थापालाई सिमरा विमानस्थलमा भव्य स्वागत

कांग्रेस सभापति गगन थापालाई सिमरा विमानस्थलमा भव्य स्वागत

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज सिमरा पुगेका सभापति थापालाई कांग्रेसका केन्द्रीय तथा स्थानीय नेताकार्यकर्ता, भातृ संगठनका प्रतिनिधि र समर्थकहरूले फूलमाला, ब्यानर र नाराबाजीसहित स्वागत गरेका हुन् । स्वागतका क्रममा विमानस्थल परिसर कांग्रेस समर्थकले भरिएको थियो ।

    AGNI GROUP

    नेताकार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई थप सुदृढ बनाउँदै संगठन विस्तार र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिने बताएका छन् । उनले देशमा सुशासन, आर्थिक सुधार र युवामैत्री नीतिलाई कांग्रेसको मुख्य एजेन्डा बनाइने पनि उल्लेख गरे ।

    सभापति थापाको सिमरा आगमनलाई आगामी राजनीतिक गतिविधि र पार्टी कार्यक्रमसँग जोडेर हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij