Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टिकटक बन्द गर्ने सरकारी आदेश अदालतले गर्‍यो बदर

टिकटक बन्द गर्ने सरकारी आदेश अदालतले गर्‍यो बदर

  • काठमाडौँ । क्यानडाको सङ्घीय अदालतले देशभित्र चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको सञ्चालन बन्द गर्न दिएको सरकारी आदेश बदर गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    बुधबार आएको फैसलाले टिकटकलाई हालका लागि क्यानडामा सञ्चालन जारी राख्न अनुमति दिएको छ । सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको छ ।

    AGNI GROUP

    सन् २०२४ को नोभेम्बरमा क्यानडाको उद्योग मन्त्रालयले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम देखाउँदै टिकटकको क्यानडाली व्यवसाय विघटन गर्न आदेश दिएको थियो । 

    तर, प्रयोगकर्ताको पहुँच वा सामग्री सिर्जनामा रोक नलगाइने बताइएको थियो । क्यानडामा टिकटकका १ करोड ४० लाखभन्दा बढी मासिक प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ ।

    सरकारी आदेशविरुद्ध टिकटकले अदालतमा अपिल दायर गरेको थियो । सङ्घीय अदालतका न्यायाधीश रस्सेल जिन्नले उक्त आदेश खारेज गर्दै विषयलाई उद्योग मन्त्री मेलानी जोलीसमक्ष पुनरावलोकनका लागि पठाएका छन् । फैसलाको विस्तृत कारण सार्वजनिक गरिएको छैन ।

    अदालतको निर्णयलाई स्वागत गर्दै टिकटकले सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ । पछिल्लो समय क्यानडेली प्रधानमन्त्री मार्क कार्नी चीनसँग नजिकिँदै सम्बन्ध सुदृढ गर्ने प्रयासमा छन् ।

    टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ । प्रयोगकर्ताको डाटा सुरक्षाबारे क्यानडासहित अन्य कयौँ देशहरूले यो एपमाथि चिन्ता व्यक्त गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij