Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सभापति भएपछि पहिलो पटक कांग्रेस कार्यालय जाँदै गगन थापा

सभापति भएपछि पहिलो पटक कांग्रेस कार्यालय जाँदै गगन थापा

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार पार्टी कार्यालय सानेपा गएर कार्यभार सम्हाल्ने भएका छन् । थापाले शुक्रबार १ बजे सानेपा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको हो ।

    onlinepatrika
    Arghakhachi

    दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित भएका थापासहितको कार्यसमितिले कार्यभार सम्हालेलगत्तै कार्यसमितिको बैठक पनि बस्ने बताइएको छ ।

    AGNI GROUP

    धेरै जस्तो केन्द्रीय समितिका सदस्यहरू निर्वाचनका लागि जिल्लामा भएकाले काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

    गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटेलमा बसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij