Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मस्क र अल्टम्यानबीच नयाँ विवाद

मस्क र अल्टम्यानबीच नयाँ विवाद

  • काठमाडौँ । विश्वका चर्चित टेक उद्यमी एलन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानबीच फेरि विवाद चर्किएको छ ।

    onlinepatrika
    Arghakhachi

    मस्कले सामाजिक सञ्जाल एक्समा च्याटजिपिटी प्रयोग नगर्न आग्रह गर्दै यससँग ज्यान जाने घटनाहरू जोडिएका दाबी गरेपछि बहस सुरु भएको हो । ती दाबीहरू स्वतन्त्र रूपमा प्रमाणित भने भएका छैनन् ।

    AGNI GROUP

    यसको जवाफमा साम अल्टम्यानले मस्कको आरोप अस्वीकार गर्दै च्याटजिपिटी अर्बौँ प्रयोगकर्ताका लागि सुरक्षित बनाउन आफूहरू गम्भीर रूपमा काम गरिरहेको बताए । उनले यस्ता घटना दुखद भए पनि विषय जटिल भएको उल्लेख गरे ।

    अल्टम्यानले उल्टै मस्कको टेस्ला अटोपाइलट प्रणाली र ग्रोक एआईमाथि प्रश्न उठाउँदै, ती प्रविधिसँग जोडिएका दुर्घटना र विवादहरू स्मरण गराए ।

    ओपनएआईका सह–संस्थापकसमेत रहेका मस्क २०१८ मा कम्पनीबाट अलगिएपछि दुवैबीच एआईको दिशा र सुरक्षित प्रयोगलाई लिएर समय–समयमा विवाद हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij