Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वअतिरिक्त स्वास्थ्य सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

पूर्वअतिरिक्त स्वास्थ्य सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव संगीता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी मागेको छ ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा विशेषले बुधबार मिश्राविरुद्ध ५ लाख धरौटी मागेको हो ।

    AGNI GROUP

    १ कात्तिक २०८२ मा अख्तियारले मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    उक्त मुद्दामा थुनछेक बहसपछि विशेषका न्यायाधीश नारायण पौडेल, डिल्लीरत्न श्रेष्ठ र बिदुर कोइरालाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखाउँदै धरौटी मागेको हो । अदालतले मागको धरौटी बुझाएर मिश्रा बुधबार नै रिहा भएकी छन् ।

    उनी बुधबार बिहान अदालतमा उपस्थित भएकी थिइन् । उनीहरूविरुद्ध जनही १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँका दरले बिगो कायम गरिएको थियो । उनीहरूमाथि स्वास्थ्य उपकरण खरिदलगायत प्रकरणमा अनियमितता गरेको आरोप लगाइएको छ ।

    मिश्रा पछिल्लो पटक सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेको थियो । त्यहीकारण उनले अतिरिक्त सचिवबाट राजीनामासमेत दिएकी थिइन् । तर भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको खुलेपछि अन्तिम समयमा मिश्राको नियुक्ति रोकिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij