Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को छ महिनामा १० खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि पुससम्म १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको १७.३६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ९ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिको वैदेशिक व्यापारमा नेपालले ७ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा ७ खर्ब २३ अर्ब ५८ करोड बराबरको घाटा भएकाे थियो ।
भन्सार विभागका अनुसार चालू आवको छ महिनामा ९ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१८ प्रतिशत बढी हो । सो अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij