Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा गिरावट, ८ अर्ब ९२ करोडको कारोबार

नेप्सेमा गिरावट, ८ अर्ब ९२ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२४ कम्पनिका २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    AGNI GROUP

    आज कालिका पावरको शेयरमा सबैभन्दा बढी ९.८४ प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज गुराँस लघुवित्तको शेयर सबै भन्दा बढी ५.८९ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ३६ लाख कारोबार भएको छ भने एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड ५ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij