Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं.२ बाट मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज अपराह्न मनोनयन दर्ता गराएको उनकी स्वकीय सचिव रेखी गुरुङले जानकारी दिइन्।
डा.भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेनजी अगुवा रिजन राना मगर रहेका छन्।
वि.सं. २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिएका डा.भट्टराई संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ गोरखा निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित भएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij