Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा रामचन्द्र झाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेता झाले उमेदवारी दर्ता गराएका हुन् ।
झा यसअघि यही क्षेत्रबाट निर्वाचनमा पराजित भएका थिए । यो क्षेत्रबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका थिए । यसपटक कांग्रेसले रामकृष्णलाई टिकट नदिएर दोस्रो संविधानसभा सदस्य दिनेशप्रसाद यादव (परसैला)लाई उमेदवार बनाएको छ ।
यस क्षेत्रबाट नेकपा एमालेले उमाशंकर अरगरियालाई उमेदवार बनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij