Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एमालेले नवलपरासीको क्षेत्र नम्बर २ मा लेखनाथ खरेललाई उम्मेदवार बनाएको छ ।
यसअघि टिकट पाएका जिल्ला समन्वय प्रमुख भगौती यादव अनिच्छुक भएपछि खरेललाई उम्मेदवार बनाइएको हो । खरेल जिल्ला कमिटीका सचिवालय सदस्य हुन् ।
नेकपा एमाले नवलपरासी अध्यक्ष दिपेन्द्र अधिकारीले यसअघि टिकट पाएका यादव आफैँले चुनाव नलड्ने भनेकाले खरेललाई उम्मेदवार बनाउन टिकट आएको जानकारी दिए ।
यहाँबाट वैजनाथ चौधरीलाई उम्मेदार बनाउन एकल सिफारिस भएपछि केन्द्रले भगौतीलाई उम्मेदवार बनाएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij