Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

के-के हुन् बालेनले आफ्नो पहिलो चुनावी भाषणमा भनेका ५ मुख्य कुरा ?

के-के हुन् बालेनले आफ्नो पहिलो चुनावी भाषणमा भनेका ५ मुख्य कुरा ?

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आफ्नो पहिलो चुनावी भाषण गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले आयोजना गरेको चुनावी सभामा बालेनले मैथिली भाषामा सम्बोधन गरेका हुन्।

    AGNI GROUP

    आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि उनी चमतीस्थित रास्वपा कार्यालय ‘घन्टीघर’ प्रवेश गरेका थिए। त्यहाँ औपचारिक रूपमा पदभार ग्रहण गरेलगत्तै उनी साँझको फ्लाइटमा जनकपुर गएका हुन्।

    बालेनले आफ्नो सम्बोधनमा भनेका महत्त्वपूर्ण कुरा यस्ता छन् -

    १) मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर घन्टीमा भोट हाल्ने होइन, सही मान्छे आउनेवाला छन्, त्यही भएर घन्टीमा भोट हाल्नुस्। सही समय आउनेवाला छ, त्यही भएर घन्टीमा भोट हाल्नुस्। सही सरकार आउनेवाला छ, त्यही भएर घन्टीमा भोट हाल्नुस्।

    २) काठमाडौंमा अधिकार माग्न जाने होइन, घुम्न जाने हो। पशुपति दर्शन गर्न जाने हो, स्वयम्भू दर्शन गर्न जाने हो। तपाईंहरूले आफ्नो अधिकार त यहीँ पाउनुपर्छ। त्यसका लागि प्रदेशलाई बलियो बनाउनुपर्छ। स्थानीय मुद्दा लिएर काठमाडौं आउने क्रम अन्त्य हुनुपर्छ।

    ३) मिटरव्याज पीडित र उखु किसानहरू आफ्नो माग लिएर काठमाडौं आउनुपर्छ। मैले काठमाडौंको मेयरका रूपमा उनीहरूलाई केही गर्न सकिनँ।

    ४) राम-जानकीको विवाह भएको जनकपुरजस्तो ठाउँ छाडेर ‘डेस्टिनेसन वेडिङ’ का लागि मान्छेहरू भारतको जयपुर जान्छन्, इन्डोनेसियाको बाली जान्छन्। डेस्टिनेसन वेडिङका लागि जयपुर र बाली जाने होइन, राम-जानकीको विवाह भएको यो पवित्र भूमि आउने हो।

    ५) रामको जन्मभूमि अयोध्यामा वर्षको १० लाख पर्यटक जान्छन्। सीताको जन्मभूमि जनकपुरमा वर्षको १ करोड पर्यटक ल्याउने सम्भावना छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij