Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बालेनलगायतका नेताहरू सभास्थलमा पुगेका छन् ।
रास्वपाले सोमबार (माघ ५) तिरहुतिया गाछीमा सभा आयोजना गरेको छ । नेताद्वय आएपछि घण्टी बजाएर कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।
उनीहरूसँगै उपसभापति डा. स्वर्णिम वाग्ले, अमरेश सिंह, तोषिमा कार्की, पुरुषोत्तम यादव लगायतका नेताहरू सभास्थल पुगेका छन् । रास्वपाका प्रवक्ता मनिष झासहितका नेताहरू त्यसअघि नै पुगेर मञ्च व्यवस्थापनमा लागेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij