Jun 04 2026 | २०८३, जेठ २१ गते
चुनाव लड्न जिल्ला सभापति सुरेन्द्र अवस्थी पनि आकांक्षी थिए । तर, यसअघि डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उठेर चुनाव जितेका डा. जोशीलाई रास्वपाले उम्मेदवार बनाउने भएको हो ।
यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । यसपल्ट देउवा चुनावी मैदानमा नदेखिने संकेत छ । २०७९ को चुनावमा देउवाविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजारभन्दा बढी मत पाएका थिए । ढकाल केही साताअघि रास्वपा प्रवेश गरेका छन् । सुरुमा उनी डडेल्धुरामा दोस्रोपटक चुनाव लड्न जाने चर्चा भए पनि जिल्लाबाट विरोध भएपछि उनी ‘ब्याक’ भइसकेका छन् ।
जोशी डडेल्धुराकै गन्यापधुरा गाउँपालिकाका बासिन्दा हुन् । सागर ढकाललाई डडेल्धुरामा रोक्न जोशीपक्षले नै सामाजिक सञ्जालमा अभियान नै चलाएको थियो । पछि जिल्ला सभापति सुरेन्द्र अवस्थीको टिमले पनि यो अभियानलाई सघाएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij