Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा लापरबाही तथा सम्झौताका सर्त उल्लङ्घन गर्ने २० वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको उक्त कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ अनुसार आवश्यक प्रक्रिया पूरा गरी कालोसूचीमा राखिएको जनाएको छ।
कार्यालयका अनुसार अधिकांश निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई एक वर्षका लागि कालोसूचीमा समावेश गरिएको छ भने केही कम्पनीलाई तीन वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ।
कालोसूचीमा परेका व्यवसायीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायका ठेक्का तथा खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij