Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रतिनिधि सभा चुनाव: प्रचण्ड आजै रुकुमपूर्व पुग्दै

प्रतिनिधि सभा चुनाव: प्रचण्ड आजै रुकुमपूर्व पुग्दै

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाने भएका छन् । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व प्रस्थान गर्न लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलवार मनोनयन दर्ताको कार्यसूची तय गरिएको छ । नेकपा रुकुमपूर्वका अनुसार प्रचण्डको स्वागत तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

    AGNI GROUP

    पार्टीका रुकुमपूर्व इन्चार्ज तेजबहादुर वलीले प्रचण्डको विस्तृत कार्यतालिका तय भइसकेको जानकारी दिएका छन् । उनका अनुसार प्रचण्ड सोमवार रुकुमपूर्व पुग्नेछन् भने मंगलवार भव्य रूपमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

    मनोनयन दर्तापछि प्रचण्ड बुधवार मात्र काठमाडौं फर्कनेछन् । यस अवधिमा उनले जिल्लाका पार्टी नेता-कार्यकर्तासँग विशेष राजनीतिक छलफल र परामर्श गर्ने कार्यक्रमसमेत रहेको छ ।

    यसअघि २०७९ सालको निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक जनयुद्धको आधारभूमि मानिने रुकुमपूर्वलाई आफ्नो चुनावी क्षेत्र बनाउँदै सुरक्षित राजनीतिक यात्रा खोजेको विश्लेषण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij