Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका महामन्त्रीद्वयको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।
दाङको बबई गाउँपालिका(७ घर भएका राजकुमार डाँगीले कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेको माग खारेज गर्न माग गरेका हुन् ।
‘‘नेपाली कांग्रेसको विधानको धारा ५९ बमोजिम विधान उल्लंघन गरिएको उक्त धाराअनुसार निर्वाचित भएका व्यक्तिको पद खारेज गरी पाउँ,’ उनले निवेदनमा भनेका छन्, ‘नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका व्यक्तिहरू क्रमश प्रदीप पौडेल र गुरुराज घिमिरे यसभन्दा अघिको १४औं महाधिवेशनमा क्रमश महामन्त्री र कोशी प्रदेश सभापतिमा पराजित भएको हुँदा दुवै जना व्यक्ति १५औं महाधिवेशनभन्दा अगावै विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था नेपाली कांग्रेसको विधानमा स्पष्ट भएको ।’
उक्त निवेदनमा पार्टीको निर्धारित व्यवस्थाको उल्लंघन भएकोले दुवैको पद खारेज गर्न माग गरिएको छ ।
त्यस्तै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले समेत आधिकारिकता प्रदान गरिसकेको छ । कांग्रेसकै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पनि आधिकारिकता दिने निर्णय बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij