Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण सहित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
गृहसचिव राजकुमार श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत समेत गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरिएको छ । कार्यक्रममा गृहसचिव श्रेष्ठले कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्नुहुने अमरप्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै कर्तव्य पालनका सिलसिलामा घाइते भईजीवन बिताइरहनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
विभिन्न कालखण्डहरू पार गर्दै नेपाल प्रहरीलाई विद्यमान अवस्थासम्म ल्याई पुर्याउन विभिन्न भूमिकामा रहेर महत्वपूर्ण योगदान दिनुहुने प्रहरी कर्मचारीहरूको योगदानको प्रशंसा गरेका छन् ।
गृहसचिव श्रेष्ठले नेपाल प्रहरीले स्रोतसाधनको सीमितता र चुनौतीहरूको बावजुदअपराधको नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम्कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिकाको चर्चा गरे ।
नेपाल प्रहरीले अझ व्यावसायिकएवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दैअझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उहाँले जोडदिए ।
गृहसचिव श्रेष्ठले आसन्न निर्वाचनलाई सफल बनाउनको निम्ति सबैको सत्प्रयासआवश्यक रहेको उल्लेख गर्दै सबै सरोकारवाला निकायहरूबीच उच्च समन्वय तथा सहकार्य गरीयोजनाबद्ध ढंगले कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij