Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । जेन जी आन्दोलनपछि आइतबार पहिलोपटक राष्ट्रियसभाको बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रियसभाका निम्ति तयार गरिएको हलमा बैठक बसेको हो ।
बैठक सात मिनेट बसेर स्थगन गरिएको छ । बैठकबाट राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ ।
शोक प्रस्ताव पारितसँगै आउँदो शुक्रबार बस्ने गरी बैठक स्थगन गरिएको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij