Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टिकटबाट वञ्चित एमालेका १९ चर्चित नेता

टिकटबाट वञ्चित एमालेका १९ चर्चित नेता

  • काठमाडौं । नेकपा (एमाले)ले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीका धेरै चर्चित र प्रभावशाली नेताहरूले टिकट पाउन सकेनन् । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्रीदेखि केन्द्रीय तहका नेतासम्म टिकट सूचीबाट बाहिर परेपछि एमालेभित्रै हलचल देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    टिकट नपाउनेमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, पूर्व मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र राजन भट्टराई रहेका छन् ।

    AGNI GROUP

    यसैगरी ठाकुर गैरे, कर्ण थापा, ऐन महर, नर बहादुर धामी, झपट रावल, नारदमुनी राना, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, छविलाल विश्वकर्मा, निरज आचार्य, गोकुल बास्कोटा, विशाल भट्टराई र लालबाबु पण्डित पनि टिकटबाट वञ्चित भएका छन् ।

    पार्टीले ‘नयाँ अनुहार, क्षेत्रीय सन्तुलन र संगठनात्मक मजबुती’लाई आधार बनाएर उम्मेदवार छनोट गरिएको दाबी गरे पनि प्रभावशाली नेताहरूको बहिर्गमनले एमालेभित्र असन्तुष्टि बढाएको छ । कतिपय नेताहरूले आन्तरिक छलफल नगरी एकपक्षीय रूपमा टिकट बाँडिएको आरोप लगाइरहेका छन् ।

    टिकट नपाएका नेताहरूको भावी भूमिका के हुने भन्ने विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक नगरेको भए पनि यस निर्णयले एमालेको आन्तरिक राजनीति र निर्वाचन रणनीतिमा असर पार्ने अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij