Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

  • काठमाडौं । सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली ८२ लाख रुपैयाँ बराबर) सहित युवराज नेवारलाई पक्राउ परेका छन् ।

    AGNI GROUP

    सिन्धुली गोलन्जोर गाउँपालिका-७ माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधनहरूलाई चेक गर्ने क्रममा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारसँग रहेको कालो झोलामा ५७ हजार अमेरिकी डलर (१०० को नोट ५७० वटा) र नेपाली बाह्र हजार फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

    घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।

    सिन्धुलीको घ्याङलेक-२ बस्तीपुर, हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राति लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij