Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसलाई रबरसँग तुलना गर्दै तन्कने तर नचुँडिने बताएका छन्।
कांग्रेसमा वामपन्थी जार्गनयुक्त बालहठभन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट रहेको बताउँदै उनले कांग्रेस तन्किने तर नचुँडिने जिकिर गरे। 'कांग्रेस रबर हो, जो तन्कन्छ चुँडिदैन- त्यहाँ वामपन्थी जार्गनयुक्त बालहठभन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट छ। मातृका र देउवा अपवाद हुन्,' उनले सामाजिक सञ्जालमा लेखे।
बास्कोटाले मातृका र देउवा अपवाद भएको भन्दै देउवाले पार्टी मात्र फुटाएनन् डेमोक्रेसी नै दरवारमा बुझाइ दिएको भनाइ राखे। गगन-विश्वका राजनीतिक एजेन्डा ठीक देखिए पनि ४० प्रतिशतको देउवापथ उनीहरूले त्याग्नुपर्ने सुझाव दिए।
उनले भने, 'देउवाले पार्टी मात्र फुटाएनन् डेमोक्रेसी नै दरवारमा बुझाइ दिए। गगन-विश्वका राजनीतिक एजेडा ठीक देखिए पनि ४० प्रतिशतको देउवापथ उनीहरूले त्यागुन्।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij