Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या

८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या

  • काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि बन्द सूची पेश गरेका दलका उम्मेदवारमध्ये अहिलेसम्म ८५ जनाले नाम फिर्ता लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारले नै नाम फिर्ताका लागि निवेदन दिन पाउने व्यवस्था भए पनि आयोगमा ४ बजेभित्र छिरिसकेका उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिने क्रम जारी रहेको छ ।

    AGNI GROUP

    जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संयुक्त रूपमा निर्वाचन जाने र जसपाको निर्वाचन चिन्ह छातामा दुवै दलले समानुपातिकतर्फको एकल बन्द सूची पेश गर्नका लागि दुवै दलको नेता अझै आयोगमा छलफलमै रहेका छन् ।

    जसपाले पेश गरेको बन्द सूचीबाट नाम फिर्ता लिएर लोसपाका उम्मेदवारको नाम समेट्ने गरी २१ जना जसपाको उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

    आयोगका अनुसार अहिलेसम्म सबैभन्दा बढी जसपाबाटै २१ जना उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिएका छन् भने दोस्रोमा जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १२ जनाले बन्द सूचीबाट नाम फिर्ता लिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij