Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान

युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान

  • काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    मन्त्रालयले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार गठन भएको परिषद्को उपाध्यक्ष सिफारिस समितिले योग्य उम्मेदवारमध्येबाट तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने भएकाले आवेदन माग गरिएको हो ।

    AGNI GROUP

    सूचनामा भनिएको छ,’ इच्छुक व्यक्तिले सात दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ। दरखास्तका साथ आवश्यक कागजातहरू, दरखास्त फारमको नमुना, कार्य योजनाको सम्भावित खाका, मूल्याङ्कनका आधार तथा अन्य जानकारी मन्त्रालयको वेभसाइटमा उपलब्ध छ ।’

    थप जानकारीका लागि इच्छुक व्यक्ति युवा तथा खेलकुद मन्त्रालयका फोन नं. ०१–४२००५४०, ०१–४२००५४२ वा ९८५१३१९५४२ मा सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij