Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

  • काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र श्यामकुमार खड्काको अध्यक्षतामा हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भृकुटीमण्डपमा सुरु हुने बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए । 

    AGNI GROUP

    उनका अनुसार बन्दसत्रको सञ्चालन कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । प्रतिवेदनमा समसामयिक राजनीतिको समीक्षा, विधानको परिमार्जन, संरचनागत सुधारको विषयमा पनि महाधिवेशनले निर्णय गर्ने बताए । छलफलका लागि ९ समूह विभाजन गरिएको बताए ।

    प्रतिनिधिहरुको माग बमोजिम महामन्त्री गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन बोलाइएको हो । महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट