Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रादेशिक रूपमा चुनावी रणनीति बनाउँदै एमाले

प्रादेशिक रूपमा चुनावी रणनीति बनाउँदै एमाले

  • काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहितको बैठक बोलाएका हुन् । यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यलय च्यासलमा त कतिपयले आफूलाई अनुकुल हुने स्थानमा आयोजना गरेका छन् ।

    AGNI GROUP

    केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रित रणनीति बनाउन सहज होस् भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् ।

    लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् । मधेस, बागमती, कोसी, सुदूरपश्चिमले भोलिलाई बैठक बोलाएका छन् ।
    कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैँ उपस्थित हुने तयारी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij