Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसको आगामी विशेष महाधिवेशनलाई केन्द्रमा राखेर मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मिडिया सेन्टर शुक्रबारदेखि काठमाडौंको प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा मिडिया सेन्टर सञ्चालन गरिएको हो । महाधिवेशन सम्बन्धी सूचना, समाचार तथा अन्य सामग्रीको प्रभावकारी प्रसार–प्रसारमा सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए ।
उनका अनुसार मिडिया सेन्टरमार्फत विशेष महाधिवेशनसँग सम्बन्धित समाचार, विज्ञप्ति, फोटो, भिडियो तथा अन्य सूचना सामग्री सञ्चार माध्यमसम्म सम्प्रेषण गरिनेछ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij