Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभागले दुई फर्मलाई तिरायो दुई लाख ५० हजार जरिवाना

विभागले दुई फर्मलाई तिरायो दुई लाख ५० हजार जरिवाना

  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई दुई लाख बराबरको जरिवाना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई ५० हजार जरिवाना गरेको छ । विभागका अनुसार ती उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ २ क, दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ ख बमोजिम कारवाही गरिएको हो ।

    AGNI GROUP

    विभागले काठमाडौँ र भक्तपुरका विभिन्न १७ वटा उद्योग र फर्ममा अनुमगन निरीक्षण गरेको थियो । त्यसमध्ये १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको थियो । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी समेतको सहभागितामा विभागले निरन्तर रुपमा अनुमगन तथा निरीक्षण गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij