Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पुस २२ गते मंगलवार काठमाडौं उपत्यकामा चिसोको प्रभाव तीव्र बन्दै गएको छ ।
मंगलवार बिहान उपत्यकाको तापक्रम यस वर्षकै सबैभन्दा तल झरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ५ः३० बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले देशका केही भागमा मौसम बदलीको संकेत देखिएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका सीमित स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । रातिको समयमा पनि तराई क्षेत्रमा बाक्लो हुस्सु देखिन सक्ने बताइएको छ ।
यसअघि सोमवार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । एक दिनको अन्तरमै तापक्रम थप घटेपछि उपत्यकामा चिसो अझै बढ्ने संकेत देखिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij