Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

  • काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार मंगलबार बिहान ९ बजेका लागि पार्टीले सचिवालय बैठक तय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    एमालेका एक पदाधिकारीका अनुसार सचिवालय बैठकमा मूलत: तीन विषय समावेश हुनेछन् । जसमा समानुपातिक उम्मेदवारीको समीक्षा, प्रत्यक्षतर्फ सिफारिस भएका नामहरूमा पुनरावलोकन र उम्मेदवार सिफारिस भएका क्षेत्रबारे विवाद निरुपणलगायत समावेश छन् ।

    AGNI GROUP

    एमालेले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । तर, कतिपय व्यक्तिलाई पटक–पटक अवसर दिइएको भन्दै पार्टीभित्र विरोध हुँदै आएको छ । त्यस्तै, प्रत्यक्षतर्फ शीर्ष नेताहरू नै भूगोलबाट सिफारिसमा परेका छैनन् ।

    धनकुटा, दोलखालगायतका जिल्लामा भएका एकतर्फी सिफारिसका बारेमा उत्पन्न विवाद पनि सचिवालय बैठकले टुङ्ग्याउने बुझिएको छ । भने, विवादित पृष्ठभूमिका व्यक्तिहरू सिफारिस भएको विषयमा पनि समीक्षा गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij