Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । निर्वाचन आयोगसहित विभिन्न सरकारी कार्यालयको साइट ह्याक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले ह्याक गरेको आरोपमा झापाका २० वर्षीय सन्तोष चिमरिया र १९ वर्षीय विकास पौडेललाई पक्राउ गरेको हो ।
उनीहरूमाथि नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोग लगायतका साइटकमा पहुँच पुर्याएको आरोप छ । यी निकायबाट उजुरी निवेदन दिएपछि साइबर ब्युरोले अनुसन्धान अघि बढाएको एसपी दीपकराज अवस्थीले जानकारी दिए । पछिल्लो समय सिएमडी नेपाल, नेपाली फर नेपाल लगायतका समूहहरूले घटनाको जिम्मा लिएका थिए ।
यस्ता घटनामा चिमरिया र पौडेलको संलग्नता खुलेको प्रहरीले जनाएको छ। उनीहरूबाट ल्यापटप चार वटा, १० वटा एन्ड्रोइड मोबाइल, एउटा आइफोन, एउटा फिचर फोन, हार्डड्राइभ एउटा र रिपिटर एउटा बरामद गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij