Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वीरगञ्जमा विरोध प्रदर्शनमा झडप हुँदा प्रहरीले चलायो अश्रुग्यास

वीरगञ्जमा विरोध प्रदर्शनमा झडप हुँदा प्रहरीले चलायो अश्रुग्यास

  • काठमाडौं । पर्साको वीरगञ्जमा विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा प्रहरीले केही अश्रुग्यास प्रहार गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहानैदेखि मुस्लिम समुदायले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । वीरगञ्जको घण्टाघर, मुर्ली, मालपोत चोक, छपकैया इदगाह चोक लगायतका स्थानमा उनीहरूले सडकमै टायर बालेर नाराबाजी गरेका थिए ।

    AGNI GROUP

    छपकैयाको इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप समेत भएको थियो। प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रू ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

    ‘प्रदर्शनका कारण केहिबेर तनाव उत्पन्न भएको थियो, अहिले स्थिति नियन्त्रणमा छ,’ उनले भने । प्रदर्शनकारीले इदगाहचोकमा आगो बालेर त्रिभुवन राजपथ सडक अवरूद्ध गरेपछि वीरगञ्ज महानगरपालिकाको दमकलले आगो निभाएर बाटो सञ्चालन गरेको थियो ।

    शनिबार धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मस्जिदमा अज्ञात समूहले तोडफोड गरेको थियो । सामाजिक सञ्जालमार्फत उक्त घटना फैलिएपछि वीरगञ्जमा पनि प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी अगुवाहरूले तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij