Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेकपा संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदै

नेकपा संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदै

  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन् ।

    onlinepatrika
    Arghakhachi

    नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन आज दिउँसो दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।

    दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । सचिवालयले भन्यो , दिल्ली भ्रमणका आइतबार गएर सोमबार फर्किने कार्यक्रम छ। दिल्लीमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छैन।

    नेपालमा चुनावी गतिविधि तीव्र भइरहेका बेला दाहालको भारत भ्रमणलाई कतिपयले चासोपूर्वक हेरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij