Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घट्यो हवाई भाडा

घट्यो हवाई भाडा

  • काठमाडौं । हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई यात्रुका लागि न्यूनतम भाडा घटाएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल आयल निगमले पुस १६ गतेदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि त्यसको असर हवाई भाडामा देखिएको हो । यसअघि प्रतिलिटर १३४ रुपैयाँ रहेको इन्धन मूल्य घटेर १२८ रुपैयाँ कायम भएपछि प्राधिकरणले भाडादर समायोजन गरेको छ ।

    AGNI GROUP

    नयाँ भाडा दरअनुसार फ्युल सरचार्ज प्रतिसिट प्रतिमिनेट ६८.०९ रुपैयाँ तोकिएको छ । यही आधारमा काठमाडौंबाट हुने पर्वतीय उडानको न्यूनतम भाडा ४ हजार ६ सय रुपैयाँबाट घटाएर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ ।

    त्यसैगरी, काठमाडौंभद्रपुर उडानको भाडा चार हजार २५ रुपैयाँबाट घटेर तीन हजार ८४५ रुपैयाँ, काठमाडौंविराटनगर उडानको तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ  काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा घटेर अब ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएक छ ।

    कुन उडानमा कति भाडा घट्यो ?

    काठमाडौंमाउन्टेन फ्लाइट : २१०

    काठमाडौंभद्रपुर : १८०

    काठमाडौंविराटनगर : १४०

    काठमाडौंजनकपुर : ७५

    काठमाडौंपोखरा : ९५

    काठमाडौंभरतपुर : ६५

    काठमाडौंभैरहवा : १२५

    काठमाडौंनेपालगञ्ज : १९५

    काठमाडौंधनगढी : २६५

    काठमाडौंतुम्लिङटार : ११०

    काठमाडौंसिमरा : ५५

    काठमाडौंसुर्खेत : २१०

    काठमाडौंराजविराज : १२५

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij