Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई प्रश्नपत्र पठाएको छ । दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले जानकारी दिएको छ ।
गत भदौ २४ गते देशभरि नै प्रदर्शन हुँदा विभिन्न भौतिक सम्पत्तिमाथि आगजनी तथा तोडफोड भएको थियो । भीड अनियन्त्रित भइसक्दा देउवा आफ्नै बूढानिलकण्ठस्थित निवासमा थिए । सुरक्षाका लागि खटिएका प्रहरीहरूलाई पनि छिचोल्दै प्रदर्शनकारी उनको घर पसेको थियो ।
त्यसक्रममा प्रदर्शनकारीले देउवा र उनकी श्रीमती आरजु राणामाथि समेत कुटपिट गरेको थियो । पछि नेपाली सेनाले दुवै जनाको उद्धार गरेको थियो । त्यसैगरी प्रचण्ड प्रदर्शन हुँदा सिंहदरबारभित्र थिए ।
सेनाले उनलाई पनि उद्धार गरेको थियो । दुवै नेताहरूको घरमा आगजनी तथा तोडफोड भएको थियो । आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयान लिने तयारी गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij