Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सानिमा रिलायन्स लाईफ ३७ प्रतिशत बढी लाभांस दिन सफल

सानिमा रिलायन्स लाईफ ३७ प्रतिशत बढी लाभांस दिन सफल

  • काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आफ्नाशेयरधनीलाई ३७ प्रतिशत बढी लाभांस दिन सफल भएको छ । सानिमारिलायन्सले हरेक वर्ष लाभांस वितरण गर्दै आइरहेको हो । नेपाली बीमा बजारमा उदाएको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स २बर्षमा नै लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ ।

    onlinepatrika
    Arghakhachi

    इन्स्योरेन्सले हालसम्म कुल ३७.८०८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा १८.३८११ प्रतिशत बोनस सेयरवितरण गरेको थियो भने आव २०८०/८१ मा ८ प्रतिशत बोनस र१.२४८९ प्रतिशत नगद लाभांस गरि कुल ९.२४८९ प्रतिशत लाभांसवितरण गरेको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १०.१७८० प्रतिशत लाभांस वितरण गरेको पनि इन्स्योरेन्सले जनाएको छ ।

    AGNI GROUP

    हालसम्म वितरण गरिएको लाभांशइन्स्योरेन्सले छोटो अवधिमा नै उच्च लाभांश वितरण गर्दै नेपाली जीवनबीमा बजारमा आफ्नो अलग पहिचान स्थापित गरेको छ । सानिमारिलायन्स लाईफको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथपाण्डेले गरिरहेका छन् भने इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडीया रहेका छन् ।

    इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँभन्दा माथि रहेको छ र देशभर १६९शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । २३ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल यस इन्स्योरेन्समा हाल २० हजारभन्दा बढी अभिकर्ताहरूकार्यरत छन् । सानिमा रिलायन्स लाईफले जीवन बीमा सेवा मार्फत आम नागरिक रबीमितको हितमा काम गर्दै आएको छ । छोटो समयमा उच्च लाभांश वितरणर लगानीकर्ताको विश्वास जित्दै इन्स्योरेन्सले नेपाली बीमा बजारमा सशक्त उपस्थिति देखाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij