Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

क्यासिनोभित्र नेपालीलाई प्रवेश गराई जुवा खेल्ने खलाउने पाँच जना पक्राउ

क्यासिनोभित्र नेपालीलाई प्रवेश गराई जुवा खेल्ने खलाउने पाँच जना पक्राउ

  • काठमाडौं । क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई जुवा खेल्ने खलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भएका ६५ वर्षीय पशुपति खड्का, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने महोत्तरी बर्दिबास नगरपालिका–८ घर भएका ४६ वर्षीय दयाराम राना, काठमाडौं महानगरपालिका–६ रामनगर बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेल, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ बस्ने दोलखा मेलुङ गाउँपालिका–२ घर भएका ४० वर्षीय सन्तोष भण्डारी र काठमाडौं महानगरपालिका–४ बसुन्धारा बस्ने खोटाङ खोटेहाङ गाउँपालिका–७ घर भएका २४ वर्षीय गणेश बहादुर मगर रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरूड क्यासिनो भित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई गैरकानुनी रूपमा ठूलो रकमको हारजित हुने गरी जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जुवा खेल्ने/खेलाउने नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij