Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड

  • काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड भएको छ । शुक्रबार गरिएको बाँडफाँडमा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी रहेको १८ कित्ता शेयर १८ जना लगानीकर्तालाई वितरण गरिएको थियो । जस अनुसार १८ जनाले ५१ कित्ताका दरले शेयर पाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आवेदन दिएका कुल ५ लाख १९ हजार ४६ आवेदन स्वीकृत भएका छन् भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन् । अब आवेदन दिएका ५ लाख ६४ हजार ९५१ जनाको हात खालि भएको छ । पुस ७ गतेदेखि ११ गतेसम्म खुलेको आइपीओमा ३३ गुणा बढी आवेदन परेको थियो ।

    AGNI GROUP

    कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर रु. ८२०.८० का दरले बुक–बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको थियो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।

    कम्पनीले यसअघि, एक लाख १५ हजार ५९६ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । कुल १० लाख ४० हजार ३६४ इकाईमध्ये ५७ हजार ७९८ इकाई म्युचुअल फन्डका लागि छुट्याइएको छ भने ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । रिलायन्स स्पिनिङ मिल्सले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा रहेको छ ।

    सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक–बिल्डिङ विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ । रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको र हाल ४३ सय भन्दा बढी कर्मचारीहरू सहित संचालनमा रहेको छ । कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइ रहेको रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो कम्पनि हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij