Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता डा.जनक शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको ‘रवि-बालेन समझदारी’ लाई विचार र एजेन्डाविहीन लोकप्रियतावादको निजी भागबन्डा भएको टिप्पणी गरेका छन्।
डा.शाहले आर्थिक विचारका हिसाबले उक्त समझदारी नवउदारवादको पटाक्षेप भएको दाबी गर्दै यसले नेपाली समाजका विद्यमान अन्तर्विरोधहरू समाधान गर्न नसक्ने बताए। उनका अनुसार यस्तो गठजोड स्पष्ट वैचारिक आधारभन्दा बढी चुनाव केन्द्रित छ।
‘विचारविहीन भएर चुनाव जित्न मात्र गरिने ध्रुवीकरणले देशलाई निकास दिन सक्दैन,’ डा.शाहले भने,‘समाज रूपान्तरणका लागि दीर्घकालीन दृष्टि, स्पष्ट एजेन्डा र वैचारिक स्पष्टता आवश्यक छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij