Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । टिकटकले सन् २०२५ भरी नेपालबाट बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्ताबाट यस वर्ष चाडपर्व, म्युजिक ट्रेन्ड, घुम्न जाने गन्तव्य, मनपर्ने कार्यक्रम र हरेक दिनका निर्णयमा सहयोग पुर्याउने उपयोगी खोजलगायत अन्य के–कस्ता कुराप्रति बढी जिज्ञासु थिए भन्ने सानो झलक दिन्छ ।
सन् २०२५ को यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाउँछ जहाँ दशैं–तिहार र तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म खोजिएका छन् । छिटो जानकारी लिन, समाचारहरूको अपडेट लिन, स्थानीयशैलीको प्रेरणा लिनर नेपालको सन्दर्भ र संस्कृति बुझ्ने क्रिएटरमार्फत आवश्यक सिफारिसहरू पाउन प्रयोगकर्ताहरू टिकटकमा आउने गरेका छन् ।
‘टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्दै गएको छ,’ टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने । ‘मानिसहरू आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भहरू खोजिरहेका हुन्छन् । चाहे खेलकुदका पछिल्ला गतिविधि पछ्याउन, विकेन्ड ट्रिपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेल अघि रिभ्यु हेर्न होस्, नेपालीहरू दैनिक निर्णयका लागि टिकटकलाई आधार बनाइरहेका छन् । यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र हरेक दिनका जिज्ञासाहरूसँग जोडिरहेको स्पष्ट रूपमा देखाउँछ ।’
यस वर्षका सर्चहरूले उद्देश्य सहितका खोजको कथा भनिरहेका छन् । यात्राका लागि महत्त्वपूर्ण गन्तव्यहरूमा देखिएको चासोले टिकटकले गन्तव्य खोज्न, घुमफिरको योजना बनाउन र नयाँ अनुभवहरू पत्ता लगाउन भूमिका खेलिरहेको देखाउँछ । यो सूचीले लोकप्रिय सेलिब्रिटी र ड्रामादेखि लिएर दैनिक कुराकानीलाई प्रभाव पार्ने गीत र भाइरल क्षणहरूसम्म, समग्रमा नेपाली संस्कृतिको ढुकढुकी नै समेटेको छ ।
सर्चहरूले नेपालीहरूले सार्वजनिक घटना, प्रविधि सम्बन्धी जिज्ञासा लगायत प्रमुख समाचार र ट्रेन्डिङ विषयमा अपडेट रहन टिकटक प्रयोग गरिरहेका छन् भन्ने पनि देखाउँछन् । यी विषयहरूमा विभिन्न क्रिएटरहरूले वास्तविक समयमै जानकारी दिन सहयोग गरिरहेका छन् ।
२०२५ को अन्त्य सँगै, नेपालका टप टिकटक सर्चहरूले यो वर्ष सामूहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर–केन्द्रित खोजहरूले भरिपूर्ण रहेको देखाउँछ । टिकटक नेपालमा सशक्त र सिर्जनशील कम्युनिटीलाई निरन्तर साथ दिन तथा मानिसहरूलाई अझ अर्थपूर्ण एवम् रमाइलो तरिकाले प्रेरित गर्न र जानकारी लिन सहयोग गर्न प्रतिबद्ध छ ।
सबैभन्दा धेरै खोजिएका सेलिब्रिटी
· प्रियंका कार्की
· राजेश हमाल
· स्वस्तिमा खड्का
· रेखा थापा
· मदन कृष्ण श्रेष्ठ
सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर
· सिम्पल खरेल
· आश्मा विश्वकर्मा
· रचना रिमाल
· अनमोल केसी
· आना शर्मा
सबैभन्दा धेरै खोजिएका खेलाडी
· साम्बा
· बिमल घर्ती मगर
· दिपेन्द्र सिंह ऐरी
· एम्बाप्पे
· मेस्सी
सबैभन्दा धेरै खोजिएका स्थान
· मुस्ताङ
· मनाङ
· नर्थ अन्नपूर्ण बेस क्याम्प
· पशुपतिनाथ मन्दिर
· भीमसेनस्थान मन्दिर
सबैभन्दा धेरै खोजिएका टिभी सो वा ड्रामा
· बिग बस
· परान (चलचित्र)
· जेरी अन टप (चलचित्र)
· जारी २ (चलचित्र)
· रोडिज सिजन ७
सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू
· तीज
· कुकुर तिहार
· मिस ग्राण्ड नेपाल
· रुटिन अफ नेपाल बन्द
· एनपीएल सिजन २
सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक
· ठुमक ठुमक जानीए माहिए दे नाल
· आइसक्रिम खाउंगी काश्मिर जाउंगी
· माया गर्नु ल (जोन चाम्लिंग)
· वाक्क लाग्दो संसार
· सारी लायर आएँ भने
सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी
· हत्क्युला फ्रुट
· स्टिम चिकेन रेसिपी
· सेल रोटी रेसिपी
· सिंगडा रेसिपी
· पक्कु रेसिपी
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij