Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मधेस प्रदेशका नवनियुक्त ६ मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख डा सुरेन्द्र लाभले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै १२ सदस्यीय मन्त्रिपरिषद् भएको छ । नवनियुक्त मन्त्री मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij