Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा आइपुगेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न उनी पोखरा आएका हुन् । जिल्ला अदालत कास्कीमा तारिखका लागि उपस्थित हुन पोखरा आएका रवि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि धरौटीमा रिहा भएका थिए ।
सूर्यदर्शनको मुद्दामा अन्य प्रतिवादीहरूको पनि म्याद मिलाउनका लागि रवि अदालतमा तारिखका निम्ति उपस्थित भएका हुन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि पुस २५ गते जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्न आदेश दिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij