Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैवबाट प्रहरीले ७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । जुवा खालबाट ७ लाख ६७ हजार ४७० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए ।
खोटाङ घर भएर ठैवमा बस्ने २९ वर्षीय सङ्गीता कार्कीको डेरामा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले छापा मारेर जुवाडेहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुवा खाल सञ्चालक सङ्गीता कार्की, युगनेशराज पुरी, भुईँ देउला, विजय खत्री, काले तामाङ, गणेश ठकुरी र रामराजा कुमाल छन् । जुवाडेहरूको ५ वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij