Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा के लडौं भन्दै सल्लाह माग्न आउनेलाई आफू सुझाव दिन तयार भएको बताएका छन्।
उनले पार्टीमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने भन्दै सबै क्षमतावान् भएकाले सोही अनुसार प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए ।
‘विधानमै ५० प्रतिशत नकटे दोस्रो चरण जान्छ । दोस्रो चरणमा को-को जान्छन् त्यो पनि हेर्नुपर्छ’, देउवाले भने,‘मैले भनेर चाहेर मात्रै पनि हुँदैन, हेरौं न !’
महाधिवेशनको प्रसंगमा उनले निर्वाचनअघि हुने महाधिवेशनले पार्टीलाई चुनावमा असर पार्ने पनि बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij