Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री अर्यालले भने- म कुनै दलमा सहभागी छैन

गृहमन्त्री अर्यालले भने- म कुनै दलमा सहभागी छैन

  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै पनि राजनीतिक दलमा सहभागी नरहेको स्पष्ट पारेका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू दलमा नरहेकाे बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    जेनजी आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारका गृहमन्त्री अर्याल सुरक्षा बैठकमा सहभागी हुन विराटनगर आइपुगेका हुन् ।

    AGNI GROUP

    विराटनगर विमानस्थलमा बाेल्न नचाहेका उनलाई पत्रकारहरूले ‘एकातिर सरकारले सुशासनको कुरा गरिरहेको छ, अनि सरकारमा बसेका मन्त्रीहरू पार्टी खोलेर हिँडिरहेका छन् नि, तपाईं के भन्नु हुन्छ ? भनि प्रश्न गरेका थिए ।

    जवाफमा मन्त्री अर्यालले आफू कुनै पनि दलमा संलग्न नरहेको दाबी गरे । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म दलमा सहभागी छैन, यतिसम्म भन्न सक्छु ।’

    अन्तरिम सरकारमा रहेका मन्त्री कुलमान घिसिङले उज्यालाे नेपाल पार्टी खाेलेका थिए । साेमबार उनी संरक्षक रहेकाे उज्यालाे नेपाल पार्टीले रास्वपासँग पार्टी एकता गर्ने सहमति गरेकाे छ । सहमतिपछि घिसिङ रास्वपाकाे उपसभापति बन्रेछन् । अर्याल विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भई सुरक्षा अवस्थाको वस्तुगत स्थितिको जानकारी लिनेछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij