Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सहमति भएको छ।
आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जेजनी अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङले बताए। ‘मैले कुलमान, बालेन र रबिलाई मिलाएरै छाडे’, उनको दाबी छ।
तीनै जनालाई मिलाउन पाउँदा खुशी लागेको गुरुङले बताएका छन्। केही समयमा नै रवि, बालेन र कुलमानले नै सम्झौतापत्र सार्वजनिक गर्ने गुरुङले बताएका छन्। ‘सहमतिका सबै कुरा मैले भन्न मिल्दैन। केहीबेरमा उहाँहरू नै सार्वजनिक गर्नुहुन्छ,’ उनले भने, ‘कुलमान पनि रास्वपाबाटै लड्ने भइसक्नुभयो।’
रवि र बालेनले यसअघि नै सहमति गरिसकेका थिए। यसअघि रवि, बालेन र कुलमानबीच पटकपटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij